र्‍याप तथा हिप-पपमा निश्वार्थ भएर मनको भाव पोख्न सकिन्छ : समारी

Read Time = 12 mins

पछिल्लो समय नेपाली र्‍याप तथा हिप-पप गीतका फ्यानहरू बढ्दै गइरहेका छन् । नेपाली र्‍याप तथा हिप-पप गीतमा आफूलाई अग्रस्थानमा राखेर आफ्ना प्रस्तुतिमार्फत धेरैको मन जित्न सफल नाम हो भरत समारी । नेपालगञ्ज घरभई काठमाडौंलाई कर्मथलो बनाएर उहाँले आफ्ना क्रियशन श्रोता-दर्शकमाझ पुर्‍याइरहनु भएको छ । देशभर हुने विभिन्न मेला, महोत्सव र कन्सर्टहरूमा पनि आफूलाई व्यस्त राख्दै आउनुभएका समारीका एक दर्जनभन्दा बढी गीत सार्वजनिक छन् । उहाँका ‘तेरोबाउ मेरोबाउ, माछा मार्न गयो...’, ‘बोल बोल माया हृदय खोलेर केही हुँदैन मसँग बोलेर’, ‘कुखुरी काँ बासी भात खाँ...’, ‘धेरै माया दिएर...’लगायतका गीत अत्यधिक रोजाइमा परेका छन् श्रोता-दर्शकमाझ । नेपाली हिप-पप तथा र्‍याप गीतसंगीतलाई विश्वसामु चिनाउनु आफू कोसिस रहेको बताउनुहुने समारी दक्षिण अफ्रिकी र्‍यापरसँग मिलेर नयाँ गीत श्रोता/दर्शकमाझ ल्याउने योजनामा रहेको बताउनुहुन्छ । र्‍याप तथा हिप-पपमा निश्वार्थ भएर मनको भाव पोख्न सकिन्छ भन्नुहुने गायक भरत समारीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको र्‍याप तथा हिप-पप गीतसंगीत संवादको संक्षिप्त अशं :-

पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
पछिल्लो समयमा देशका विभन्न ठाउँमा भइरहेका महोत्सव, कार्यक्रम एवं कन्सर्टमा व्यस्त छु ।

यहाँको पछिल्लो श्रोता-दर्शकमाझ आएको गीतको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
खुशी लाग्छ जब आफ्नो कामलाई दर्शक श्रोताहरूले माया गर्नुहुन्छ । त्यसैगरी मेरो गीतलाई सबै दर्शकले माया र ममता दिएर सुनिरहनुभएको छ । सबै दर्शक श्रोतामा यति धेरै मायाको लागि आभार व्यक्त गर्दछु र आशा छ, अब आउने समयमा पनि यसैगरी माया र साथ पाउनेछु ।

र्‍यापर तथा हिप-पप गायकमा यहाँले चर्चा पाउँदै जानुभएको छ यहाँको र्‍यापतर्फ लगाब हुनुको पछाडिको के-कस्ता कारण छन् ?
कति कुराहरू मनमा हुन्छन तर व्यक्त गर्ने माध्यम हुँदैनन् । धेरैको मनमा दुःख होला, पीडा होला, कतिलाई धेरै कुराहरू भन्ने इच्छा होला जुन चाहिँ मनमा नै दबेको हुन्छ । मलाई लाग्छ गीत, संगीत नै यस्तो माध्यम हो हो जसले आफ्नो मनको भावना, पीडा, माया, रिस जे पनि छ त्यो सबै व्यक्त गर्नसक्छ । त्यसैगरी मलाई लाग्छ र्‍यापमा कुनै शब्दका लागि पाबन्धी छैन । त्यही कारणले गर्दा मलाई ¥यापप्रति लगाव भएको हो ।

फेरि पनि दोहोराए यहाँले गायनमा र्‍याप तथा हिप-पप नै किन रोज्नुभयो ?
र्‍याप तथा हिप-पप नै रोज्नुको कारण मलाई लाग्छ कि र्‍याप श्रेत्र नै यस्तो हो जहाँ निश्वार्थ भई मनको भाव पोख्न सकिन्छ ।

नेपाली हिप-पप तथा र्‍याप गीतसंगीतलाई विश्वसामु चिनाउनु नै मेरो कोसिस हुनेछ । हालै अन्तर्राष्ट्रिय गीत गर्दैछु दक्षिण अफ्रिकी र्‍यापर र म मिलेर ।
..........................
पहिलेको समयमा हेर्दा अहिले र्‍याप तथा हिप-पप गायनको अवस्था धेरै राम्रो भएको छ । पहिलाभन्दा यो क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुँदै गएको छ ।

नेपालमा र्‍याप तथा हिप-पप गायनको अवस्था कस्तो पाउनुहुन्छ ?
पहिलेको समयमा हेर्दा अहिले र्‍याप तथा हिप-पप गायनको अवस्था धेरै राम्रो देख्छु । पहिलाभन्दा यो क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुँदै गएको छ ।

र्‍याप तथा हिप-पपमा अलिक बढी अश्लील शब्द पाइन्छ, के यो जरुरी हो ? अर्थात् यसलाई कसरी लिनुहुन्छ ? यहाँ आफू-आफ्ना प्रस्तुतिमा यसलाई कतिको प्राथमिकता दिनुहुन्छ ?
र्‍याप तथा हिप-पप संगीतमा म देखदिन कि अश्लील शब्द प्रयोग गर्नैपर्छ भनेर तर सबैको व्यक्त गर्ने तरिका फरक हुन्छ । म कसैलाई केही भन्न चाहदिन कि अश्लील शब्द प्रयोग गर्नुपर्छ कि पर्दैन भनेर तर सबैको आ-आफ्नो व्यक्त गर्ने तरिका छुट्टैहुन्छ ।

र्‍याप तथा हिप-पपको श्रोता-दर्शक छुट्टै छन् यस्ता गीत सबैका लागि हुन सकेको पाइँदैन, सबैका लागि किन बनाउन नसकिएको होला ?
हाम्रो हातको पाँचवटा औला त उस्तै हुँदैन भनी हामी कसरी सोच्न सक्छौ । सबै जनाले हाम्रो गीत सुन्छन् भनेर हामी कलाकारहरू कोसिस गर्न सक्छौं कि आफ्नो गीतसंगीत सबैसामु पुगोस् भनेर । पक्कै पनि हिप-पप गीतसंगीत सबैसामु पुगेको पनि छ । सायद तपाईंलाई पनि र्‍याप संगीत मन नपर्ला तर तपाईंले पनि मेरो गीत सुन्नु भएको छ । ‘तेरोबाउ मेरोबाउ, माछा मार्न गयो...’ यो गीत सायद बच्चादेखि बुढोसम्म सबैले सुन्नुभएको छ भनेपछि र्‍याप गीतसंगीत पनि पुगेको छ र अझै पु¥याउने क्रमजारी छ, अझै कोसिस जारी नै रहनेछ ।

र्‍याप तथा हिप-पपबाहेकका अन्य जनराका गीत गाउनुभएको छ ?
र्‍याप र हिप-पप संगीतबाहेक मैले अरू पनि थुप्रै जनराका गीतहरू गाएको छु र गाउने छु । जस्तै ‘अब आउन...’, ‘सायद...’, ‘कान्छी चैट्...’ लगायत छन् ।

गायन क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि नै म विद्यालयमा पनि गाउँने गर्थे । सबै जनाले मलाई हौसला दिनुहुन्थ्यो र मैले पनि गायन क्षेत्रमा केही गर्न सक्छु कि भनेर लागिपरेर म यो ठाउँमा पुगेको छु र अझै पनि कोसिस जारी नै छ ।

यहाँका अहिलेसम्म कति जति गीत सार्वजनिक भएका छन् ?
मेरो स्वरमा रहेका गीतहरू थुप्रै छन्, चाहे भने म दिनदिनै पनि निकाल्न सक्छु तर मलाई के भन्ने लाग्छ भने बरू म वर्षमा एउटा गीत सार्वजनिक गर्छु जसले श्रोता-दर्शकको मन मष्तिस्कमा बस्न सफल होस् वा हिट नै हुनेगरी आओस् । त्यसैगरी आजसम्म मेरो गीतहरू १२-१३ वटा सार्वजनिक भएका छन् अरू पनि सार्वजनिक गर्ने तयारीमा छु ।

भरत समारीलाई यो क्षेत्रमा पहिचान दिलाउने कुन गीत हो जस्तो लाग्छ ?
मलाई लाग्छ मेरा सबै गीत त्यतिकै लोकप्रिय छन् । फेरि पनि मेरो केही गीतहरू छन् जसले भरत समारीलाई देश तथा विदेशमा पहिचान दिलाएका छन् । केहीको नाम लिनुपर्दा ‘तेरो बाउ मेरो बाउ माछा मार्न गयो...’, ‘बोल बोल माया हृदय खोलेर केही हुँदैन मसँग बोलेर’, ‘कुखुरी काँ बासी भात खाँ...’, ‘धेरै माया दिएर...’ लगायत छन् ।

अबको यहाँको योजना ?
अबको योजना नेपाली हिप-पप तथा र्‍याप गीतसंगीतलाई विश्वसामु चिनाउनु नै मेरो कोसिस हुनेछ । त्यसैले भर्खरै अन्तर्राष्ट्रिय गीत गर्दै छु दक्षिण अफ्रिकी र्‍यापर र म मिलेर ।

यहाँले यो क्षेत्रमा लागेर थुप्रै मान सम्मान, पुरस्कार र अवार्ड पाउनुभएको छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
म जस्तो एउटा सानो ठाउँको (नेपालगञ्ज) बाट आएर यो क्षेत्रमा धेरै दुःख, कष्ट गर्दै अहिले यो ठाउँमा पुगेको छु । मैले यो क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मलाई मान, सम्मान र पुरस्कार प्रदान गर्नु हुने सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । फर्केर हेर्दा खुशी लाग्छ । यो क्षेत्रमा अझै धेरै केही गरौ भन्ने भावनाको विकास हुन्छ । मान, सम्मान र पुरस्कारले थप हौसला मिल्छ । उपराष्ट्रपतिद्वारा वल्र्ड बुक अफ रकेर्ड, र अन्य ठूलो ठूलो माध्यमबाट मान सम्मान पाउँदा आफूलाई धेरै गर्व महसुस गर्छु र अझै धेरै गर्नुछ भनेर गीतसंगीतमा अझै अगाडि र राम्रो गर्ने प्रयास गर्दैछु ।

यहाँ गीतसंगीत सँगसँगै सामाजिक क्षेत्रमा पनि आफूलाई त्यतिकै सक्रिय राख्दै आउनुभएको छ, यस क्षेत्रमा लाग्नका लागि केले प्रेरित गर्‍यो भन्ने लाग्छ ?
आफूले भोगेको दुःख, सुख, संर्घषका सबै क्षण, पलहरूले मलाई प्रेरित गर्दछ । म विभिन्न सघंसंस्थासँग आबद्धभई काम गर्दै आइरहेको छु । यस्तै मैले गरीआइरहेका कार्यक्रममा मलाई आउने परिश्रमिकको २५ प्रतिशत सामाजिक कार्यमा दिनेगरेको छु ।

अन्त्यमा ?
यो बसाई र संवादका लागि यहाँप्रति आभारी छु । नेपाली हिप-पप एवं र्‍याप गीतलाई माया गरौ । श्रोता-दर्शकको माया सधैंभरी यसरी नै पाइराखौ भन्ने अपेक्षा राख्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?