भारतको झारखण्डमा आगलागी हुँदा जलेर १४ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

झारखण्ड । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा मंगलबार राति आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरू विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन ।

सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । आगलागी नियन्त्रणमा आएको छ भने आगलागीको कारण खुल्न सकेको छैन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?