काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य बुधबार तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार यसको मूल्य तोलाको १ लाख ५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, मंगलबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको