कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका बालबालिकामा दादुरा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का दुई बालबालिकामा दादुरा पुष्टि भएको हो ।
लक्षण दुई हप्ता अघि देखिएपनि बुधबारमात्र दादुरा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले बताउनु भयो ।
जोशीका अनुसार ९ वर्षीय बालिका र ४ वर्षीय बालकमा दादुरा पुष्टि भएको हो।
दादुरा देखिएपछि अन्यमा सर्न नदिन उपमहानगरले खोप अभियान सन्चालन गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राख्दै ६ महिनादेख १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन छुटेकालाई खोप लगाउन अनुरोध गरेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको