देशमा क्रिश्चियानिटी बढेको भन्दै कानुन बनाएर रोक्न संसदमा उठ्यो माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्नुभएका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर देशलाई क्रिश्चियानिटी बनाउन खोजेकाले यसलाई रोक्नुपर्ने माग गर्नुभयो ।

जबरजस्ती धर्म परिवर्तन रोक्न अहिलेको कानुन पर्याप्त नभए कानुन बनाएर भए पनि रोक्नुपर्ने बताउनु भएका उहाँले कुनै पनि धर्म र जातका विषयमा हुने विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै सांसद पन्तले संसद बैठकमा प्रधानमन्त्री र प्रमुख मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा जोड दिनुभयाे ।

उहांँले संसदको बैठकको सुरुमा प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति हुनुपर्नेमा बताउनु भयाे। सांसदहरुले बैठकमा उठाएका विषयलाई सरकारले सुन्नुपर्ने उहाँको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?