सांसद एकनाथ ढकालको प्रश्न: माओवादीसँगको विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकालले सरकार र तत्कालीन माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताको सक्कलप्रति माग गर्नुभएको छ । ढकाल एमालेबाट समानुपातिक सांसद बन्नुभएको हो ।

बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ढकालले २०६३ साल मङ्सिरमा भएको माओवादी र सरकार बीचको शान्ति सम्झौतापछि विभिन्न चरण पार गर्दै नयाँ संविधान बनेपछि २ वटा आमनिर्वाचन सम्पन्न भएको बताउनु भयो ।

उहाँले शान्ति सम्झौताको एक प्रमुख हस्ताक्षरकर्ता तेस्रो पटक प्रधानमन्त्री हुँदा पनि सङ्क्रमणकालीन न्यायमा प्रगति हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
ढकालले सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरूबाट र ६० हजारभन्दा धेरै उजुरीहरू प्राप्त गरेको भए पनि हालसम्म एउटा पनि अनुसन्धान सम्पन्न गर्न सकेको छैन,’ उहाँले भन्नुभयो ‘म यस विषयमा सङ्क्रमणकालीन न्यायको असफलताले गम्भीर परिणाम निम्त्याउने सम्भावनाप्रति सचेत रहन र यसलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?