काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रचलित संविधानबाट देशमा गणतन्त्रकाबारे निर्णय लिन सकिने बताउनु भएको छ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा रघुजी पन्त र शक्तिबहादुर बस्नेतको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले अहिलेकै संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षताका विषयलाई टुंग्याउन सकिने बताउनु भएको हो ।
नेपालको संविधानले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहीत सार्वभौमसत्ता प्रतिकुल हुनेगरी संशोधन गर्न नसकिने व्यवस्था गरेको भन्दै उहाँले गणतन्त्रका विषय यही संविधान र संसदले टुंग्याउन सकिने बताउनु भयो ।
संविधान बनाउने क्रममा संघीयता र धर्मनिपेक्षता चाहिने कि नचाहिने भन्दै सांसदबाट संकलन गरिएको राय किन सार्वजनिक नगरिएको भन्दै प्रश्न गर्नु हुँदै उहाँले यही संसद र संविधानबाट गणतन्त्र र धर्मनिरपेक्षता चाहिन्छ या चाहिँदैन भन्ने टुंगो लगाउन सकिने बताउनु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको