भारतले बजेटबाट नेपाललाई दिने सहयोग रकम घटायो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३–२४ को नयाँ  बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गर्नुभएको छ ।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले  २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो। गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएको थियो ।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३–२४ को नयाँ  बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?