१५ दिनको समय सीमामै संसद नियमावली निर्माण गर्छौं : जीवन परियार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद नियमावली निर्माण कार्यलाई तिब्रता दिएको छ ।
बुधवार संसद भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समय भित्र नै नियमावली निर्माण सक्नेगरी छलफल अघि बढाएको बताएको हो ।

बैठकपछि बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले नियमावलीमा प्रश्तावनादेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेको बताउनु भयो । उहाँले नियमावलीमा प्रत्येक पटक संसद अधिवेशन शुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास रहेको र सोही अनुसार नियमावली निर्माण गर्न १५ दिनको समयमै सक्नेगरी नियमावली निर्माण प्रक्रिया अघि बढाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सांसदहरु तोकेको छ । हामी १३ गतेबाट पहिलो बैठकबाट नियमावलीको कामलाई अघि बढाएका छौँ । नियमावलीमा प्रश्तावनादेखि विभिन्न नियमहरुमा छलफलहरु अघि बढाइरहेका छौँ । यो नियमावलीमा प्रत्येक पटक संसद अधिवेशन शुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास हो । त्यसैले सोही बमोजिम हामी नियमावली निर्माण गर्न १५ दिनको समय दिइएको छ, सोही बमोजिम छलफलका क्रममा छौँ ।’

प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सदस्य तोकेको छ । गत माघ १३ गते समितिको पहिलो बैठक बसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?