काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ ।
बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भएकाे ठहर गर्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो ।
टुकुचा खोलामाथि घर तथा जग्गा भएका जग्गाधनी र संघसंस्था गरी २२ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उनीहरुले उच्च अदालत पाटनमा रिट दिएका थिए।
महानगरले हात्तीसारमा पनि टुकुचा किनारको मापदण्ड लागू गरेर घर–जग्गा हटाउने हो भने कानुनी प्रक्रिया पूरा गरेर अधिग्रहण गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए ।
यहाँका अधिकांश घरधनीले महानगरबाटै घरको नक्सा पास गराएका छन्। उनीहरूसँग निर्माण सम्पन्न भएको कागजात पनि छ। नापी नक्सा, घर नक्सालगायत कुनै पनि सरकारी दस्तावेजमा कहीँ कतै टुकुचा बग्ने बाटो खुलाइएको छैन।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच