काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) को एकदिवसीय प्रिमियर कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले आगामी अप्रिलमा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको हो । एसिसीले प्रिमियर कप पहिलोपटक गर्न लागेको हो । १० टोली सहभागी हुने प्रिमियर कपको विजेताले एसिया कपमा सहभागिता जनाउन पाउनेछ । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।
अप्रिलमा हुने प्रिमियर कपमा समूह ‘ए’मा नेपाल, युएई, कुवेत, कतार र छनोटबाट आउने एक टोली हुनेछन् । यस्तै समूह ‘बी’बाट ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने एक टोलीले खेल्नेछन् । यस प्रतियोगिता शीर्ष तीन टोलीले इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउने क्यानले जनाएको छ । एसिया कपमा छनोट हुने एसिया कप टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । एसिया कपकै अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
नेपालले अन्तिमपटक २०१३ मा एसिसी टी-२० कप आयोजना गरेको थियो । त्यसपछि नेपालले ठूला प्रतियोगिता आयोजना गरेको छैन । आइसिसीको प्रतियोगितारूपमा नेपालले २०१० मा डिभिजन फाइभ आयोजना गर्दै उपाधि जितेको थियो । तर, आइसिसीको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्या र नामिबियासँग सिरिज खेलेको थियो । आइसिसी विश्वकप लिग-२ का त्रिकोणात्मक सिरिज, त्रिकोणात्मक टी-२० आई सिरिज र द्विपक्षीय सिरिज भने लगातार आयोजना गर्दै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका