क्यानले तोक्यो क्रिकेटरको ग्रेड, पाँच खेलाडी ‘ए’मा पर्दा ज्ञानेन्द्र मल्ल ‘बी’मा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला गरी ३० जना खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ । पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । क्यानले पुरुष खेलाडीमा ग्रेड ‘ए’मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐर र आशिफ शेखलाई राखेको छ ।

त्यस्तै, ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल तथा ग्रेड ‘सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्शनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुलश मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई राखेको छ ।

महिला खेलाडीमा ग्रेड ‘ए’मा रुविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मालाई राखेको छ । त्यस्तै, ग्रेड ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिता कर्माचार्य तथा ग्रेड ‘सी’मा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरा गेगमलाई राखेको छ ।

क्यानले पुरुषतर्फ ग्रेड ‘ए’का खेलाडीलाई मासिक ५० हजार, ग्रेड ‘बी’का खेलाडीलाई ४० हजार र ग्रेड ‘सी’का खेलाडीलाई ३० हजार रुपैयाँ दिने गरेको छ । महिलातर्फ ग्रेड ‘ए’का खेलाडीलाई मासिक १५ हजार, ग्रेड ‘बी’मा १२ हजार र ग्रेड ‘सी’मा १० हजार रुपैयाँ दिने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?