जम्बो जेट ७४७ को विधिवत् बिदाइ

Read Time = 2 mins

सियाटल । अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको बिम्ब बनेको जम्बो जेट ७४७को विधिवत् बिदाइ गरिएको छ । बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४औं जम्बो जेट ७४७ विमान वासिंटन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई हस्तान्तरण गरेर बिदा गरेको हो । पचपन्न वर्षदेखि बोइङका विमान बनाउन खटेका हजारौं कामदारले भावुक भएर जम्बो जेटलाई बिदा गरेको दृश्य कारुणिक थियो ।

भीमकाय भए पनि चित्ताकर्षक जम्बो जेटले २०२६ सालमा पहिलो सेवा प्रारम्भ गरेको थियो । मालबाहक विमानका रूपमा उडान भरेको जम्बो जेटपछि व्यावसायिक उडानमा उपयोग गरिएको थियो । पाँच सय यात्री बोक्ने क्षमताको विशाल विमान अमेरिकी अन्तरिक्ष अनुसन्धान तथा वायुयान प्रशासनका उपकरणबाहक मात्र बनेने अपितु अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान ‘एयरफोर्स वान’बनेर विश्व यात्रा गर्‍यो । हवाई यात्रामा क्रान्ति ल्याएको जम्बो जेट अन्तर्राष्ट्रिय शहरहरूलाई जोड्ने भरपर्दो माध्यम बन्यो । त्यसअघि विश्वका प्रमुख शहरहरू सिधा हवाई सम्पर्कबाट कहिल्यै जोडिन पाएका थिएनन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?