सिटिजन्सको सिइओमा पोखरेलको निरन्तरता

Read Time = 4 mins

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको बुधबार बसेको ४११औँ सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत(सिइओ) गणेशराज पोखरेललाई आगामी चार वर्षको कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पोखरेलले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

२०६५ सालदेखि नै दोस्रो वरीयतामा रही बैंकमा कार्यसम्पादन गर्दै आउनुभएका पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हालेपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै पहिलो कार्यकाल पूर्णरूपमा सफल बनाउनुभएको बैंकले जनाएको छ । उहाँको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैंकिङ तथा अन्य डिजिटल एवं ट्रान्जेक्सन बैंकिङ सेवा सुविधालगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा बैंक राम्रो उपलब्धि हासिल गर्न सफल भएको छ ।

बैंकका अनुसार पोखरेलको पहिलो चारवर्षे कार्यकालमा निक्षेप औसतमा वार्षिक २६.०४ प्रतिशत वृद्धि भई हाल १६१.४५ अर्ब पुगेको छ भने कर्जा औसत वार्षिक २३.६२ प्रतिशत वृद्धि भई हाल १४२.५४ अर्ब र चुक्ता पुँजी १४.२० अर्ब पुगेकोे छ । खुद नाफा चार वर्षमा औसत वार्षिक १२.९१ प्रतिशत वृद्धि भई आर्थिक वर्ष २०७८/०७९ मा दुई अर्ब पुगेको छ ।

सोही अवधिमा बैंकको पुँजी कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने उद्देश्यका साथ प्रदेश १ मा सिर्जना फाइनान्स, मधेश प्रदेशमा सहयोगी विकास बैंक र लुम्बिनी प्रदेशमा तिनाउ मिसन विकास बैंकसमेत प्राप्ति गरी बैंकले हाल देशैभर १८२ शाखा, तीन विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखारहित बैंकिङ र २० लघुवित्त फाइनान्स इकाईमार्फत् १५ लाखभन्दा बढीलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर पोखरेलले बैंकमा आबद्व हुनुअघि विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कार्यकुशलता प्रदर्शन गरिसक्नुभएको छ । व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभवी पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छाशक्ति भएका व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । भित्र सिस्टम, बाहिर इमेज भन्ने मान्यताका साथ पदभार ग्रहण गर्नुभएका पोखरेलले नीति नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र थप कार्यकालमा बैंकलाई थप उचाइमा पु¥याउने गरी काम गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?