परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जाँदै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जाँदै हुनुहुन्छ ।

श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री पौडेल श्रीलंका जान लाग्नुभएको हो ।

शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो कार्यक्रममा उहाँले सम्बोधन गर्नु हुनेछ ।

पौडेलले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्री पौडेल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?