जनकपुरधाम । धनुषा प्रहरीको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये ४ जना पक्राउ परेका छन् ।
आइतबार राति इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हातहतियार तथा खरखजाना मुद्दाका रोशन महतो, सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाका अमित मण्डल, कुटपिट मुद्दाका हर्दिप सिंह र लागुऔषध मुद्दाका विनोद कुमार शर्मा रहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त टोलीले विभिन्न समय र स्थानबाट फरार थुनुवालाई नियन्त्रणमा लिएको हो ।
दुईजना थुनुवा भने अझै फरार रहेका छन् । फरार थुनुवाको खोजी भइरहेको प्रहरी धनुषा प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका