काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो, अदालतको पुर्णपाठ किन चाहियो?
सरकार गठनको बेला भएको सहमतिअनुसार सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उहाँले त्यही सहमति अनुसार हुनुपर्ने बताउनुभयो ।
ओलीले यो छलफल गर्नुपर्ने विषय नै नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल भइरहेको छ, तर खटपट छैन, यो छलफल गर्नुपर्ने विषय पनि होइन ।’
रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई पठाएमा अरुले आपत्ति जनाउनुपर्ने आवश्यकता नरहेको बताउँदै ओलीले भावी राष्ट्रपति एमालेबाटै हुने दाबी पनि गर्नुभयाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका