सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन्ः उपसभामुख राना

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ ।

बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपसभामुखलाई उप/चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताउनु भयो । आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको बताउनु भयो ।

उहाँले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताउनु भयो । उहाँले संसदमा महिला सांसदहरुले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने बताउनु भयो । उहाँले सांसदहरु काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले केही गाउँहरु भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरुका लागि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुराहरुमा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्नेकुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’

उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?