सर्वाधिक पाँच लाख राशीको अन्तराष्ट्रिय भोजपुर गोल्डकप चैत्र नौ गतेबाट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा सर्वाधिक राशीको अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप संचालन हुने भएको छ । जिल्ला कै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी चैत्र ९ देखि १५ गतेसम्म संचालन हुन लागेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनु भयो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी र प्रचार प्रसारको काम शुरु गरिएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष सुवालले बताउनु भयो । भोजपुर नगरपालिका भोजपुरको मुख्य प्रायोजन यस भन्दा अगाडी पाँचौ संस्करणसम्मका खेलहरु संचालन भई सकेका छन । नेपाल भित्रका मात्र नभएर आमन्त्रणकारुपमा बाहिरी मुलुकका टिमलाई समेत सहभागीता हुने गरी प्रतियोगिताको तयारी थालिएको अध्यक्ष सुवालको भनाई रहेको छ ।

अध्यक्ष सुवालले भन्नुभयो, “बिगतमा पनि संचालन भएको प्रतियोगिता जिल्ला कै प्रतिष्ठा भएकाले यसलाई तोकिएको समयमा नै संचालन गर्नका लागि सबैको सहयोगको अपेक्षा पनि गरेका छौ ।” सर्वाधिक राशीको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?