रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।

केही बेर अघि रास्वपा सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताउनु भएको थियो ।

सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उहाँले लेख्नुभएको थियो, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन,’ ।

यसै सेरोफेरोमा सो दलले बैठक बोलाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?