सांसद अरुणकुमार चौधरी पक्राउ

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए । कैद सजाय भुक्तान नगरी फरार रहेका उनी
कैलाली २ बाट प्रतिनिधिसभामा निर्वाचित भए ।

चौधरीलाई ट्याक्टरमा आगो लगाएको मुद्दामा दोषी ठहर भई ६ महिनाको जेल सजाय सुनाइएको थियो । तर उनले सो कैद सजाय भुक्तान नगरी फरार रहेका थिए । प्रहरीले उनलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

फैसला भएको एक दशकसम्म पनि आरोपित फरार नै थिए ।

कैलालीको गोराङ्गामा ट्याक्टरमा ३ भदौ २०६६ मा आगो लगाइएको थियो । सोही आगजनी मुद्दामा अरुण चौधरी दोषी ठहर भएका थिए । उनलाई जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको थियो । उनलाई पक्राउपछि जिल्ला अदालत कैलालीमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?