काठमाडौं । नाबालिग बलात्कार अभियोगपछि फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।
साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका उनी बिहीबारदेखि हुने बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले आज प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका थिए ।
उनीसँग भेट गर्न सन्दीप आज पनि त्रिवि मैदानमा पुगेका थिए । आज केहीबेर अभ्यास समेत गरेका उनी सम्भवतः भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् । आज भने बन्द प्रशिक्षण थिएन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । उक्त शृंखला फागुन २ गतेदेखि हुँदैछ । सोही शृंखलाका लागि प्रशिक्षण सुरु हुँदैछ ।
नाबालिग बलात्कार आरोप लागेपछि तत्कालीन क्याप्टेन सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको