तिम्ल्याह शिशु जन्मिएको परिवारलाई भैँसी उपहार

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–६, खुटौनामा तिम्ल्याह शिशु जन्मिएको एक परिवारलाई नगरपालिकाले भैँसी प्रदान गरेको छ ।

३ शिशुको जन्म भएको अति विपन्न खुटौनाका जितेन्द्रकुमार राय र श्रीमती गीतादेवीलाई मलंगवा नगरपालिकाले भैँसी सहयोग गरेको हो । गरिब परिवारमा तीनवटा बच्चा जन्मिएपछि उनीहरुलाई दूधको अभाव नहोस् र उक्त परिवारले दूध बेचेर दुई÷चार पैसा आर्जन समेत गरोस् भन्ने उद्देश्यले भैँसी सहयोग गरिएको मलंगवा नगरपालिकाले जनाएको छ ।

उक्त परिवारलाई नगरपालिकाले भैँसी खरिदबापत एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो ।

जितेन्द्रको परिवारलाई प्रदेशसभा सदस्य कौशलकिशोर राय, मलंगवाका मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत गौतम, मलंगवा ६ का वडाध्यक्ष रामकैलाश राय लगायत भएर भैँसी खरिद बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?