गुल्मी । गुल्मीमा कृषकका समस्या संकलन गर्न थालिएको छ । जिल्लाका सुन्तला पकेट क्षेत्र पुगेर कृषकका समस्याहरु संकलन गर्न थालिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषकका घर–बगैंचामा नै पुगी कृषकका समस्या संकलन गर्दै सुन्तला उत्पादन वृद्धि गर्नका लागि उनीहरुलाई आवश्यक सुझाव समेत दिन थालिएको छ । कृषकसँग विज्ञ कार्यक्रमको आयोजना गरी ज्ञान केन्द्रले सुन्तलाजात बगैंचा सुदृढीकरण तथा कृषकका समस्या पहिचान गर्ने गरेको छ । धुर्कोट गाउँपालिकाको नयाँगाउँ र पिपलधारामा सुन्तला खेती गर्ने कृषकका समस्या संकलन गरिएको छ ।
यो कार्यक्रमले सुन्तला उत्पादक कृषकहरु अत्यन्तै उत्साहित भएका छन् । धुर्कोट गाउँपालिका–२, पिपलधाराका कृषक नरमान खड्काले यस कार्यक्रमको माध्यमद्वारा सुन्तला खेती गर्दा आवश्यक पर्ने ज्ञान सीप प्राप्त गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “प्रत्यक्ष विज्ञसँग हामीले गुनासा र सुन्तला खेती गर्दा आएका समस्या राख्न पाउँदा खुसी छौं ।” उहाँले भन्नुभयो, “यो कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गर्न आवश्यक छ । वडामा रहेका कृषि प्राविधिकहरूले पनि समय–समयमा कृषकको सुन्तला बगैंचामा पुगि अनुगमन गरिदिनु पर्छ ।”
त्यहाँ, सुन्तला उत्पादक कृषकहरूलाई निःशुल्क रूपमा निलो तुथो, चुना, सुक्ष्मत्व, जैविक मल, बाल्टी, ब्रस समेत वितरण गरिएको थियो । यसरी प्राप्त गरेको मल कृषकहरूले आफ्नो सुन्तला बंगैचामा परिक्षणको रूपमा प्रयोग गर्ने बताइएको छ । त्यस अवसरमा कृषकका लागि आवश्यक सहयोग गर्न गाउँपालिका सधैं तत्पर रहेको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो । वडा र पालिकासँगको समन्वयमा थप कृषकका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने वडाअध्यक्ष बाबुराम खड्काले बताउनुभयो ।
बाँकी रहेका सुन्तला पकेट क्षेत्रमा पनि कृषकसँग विज्ञ कार्यक्रमको आयोजना गरी कृषकका समस्याहरु संकलन गर्ने बताइएको छ । जसमा छत्रकोटको लुम्छा र हर्दिनेटा, गुल्मीदरबारको गौडाकाट र बीरबास, कालीगण्डकीको लम्सराङ, मुसिकोटको अर्लाङकोट, रेसुङ्गाको भाडगाउँ रहेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको