काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु, आक्रोशित स्थानीयले गरे बसमा आगजनी

Read Time = 1 min

काठमाडौं । काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा२ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो ।

बिहीबार दिउँसो साढे ३ बजे बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए ।

चालक भागेपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?