काठमाडौं । द हिडेन ट्रेजर मिस नेपालले– २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिनुभयो ।
उहाँले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने बताउनु भयो ।
यस्तै, निर्देशक प्रमोद कंशाकारले यस कार्यक्रमअन्तर्गत प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा जोडिएका विभिन्न व्यावसायिक तथा प्राविधिक साझेदार संस्थाबारे जानकारी गराउनु हुँदै न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिनसक्नु हुने बताउनु भयो ।
इच्छुक आवेदकसँग नेपाली नागरिकतासहित नेपाली राहदानी हुनुपर्ने प्रावधान पनि राखिएको छ ।
कार्यक्रममा यसअघि ‘मिस नेपाल इन्टरनेशनल २०२२’ को उपाधि जित्नु भएकी न्यान्सी खड्का, ‘मिस नेपाल अर्थ २०२२’ को उपाधि जित्नुभएका डा. सरिशा श्रेष्ठ र ‘मिस नेपाल वर्ल्ड २०२२’ उपाधि जित्नुभएका प्रियङ्का रानी जोशी गरी तीन जनाले मिस नेपालमा सहभागी हुँदाको अनुभव सुनाउनु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच