काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पक्राउ परेका आफ्ना सांसद अरुणकुमार चौधरीलाई २४ घन्टा भित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
जिल्ला अदालत कैलालीबाट कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि आज बाँकेबाट पक्राउ परेका थिए ।
बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितद्वारा विज्ञप्ति जारी गर्दै अल्टिमेटम दिएको छ ।
विज्ञप्तिमा आफूहरूलाई जबरजस्ती आन्दोलनमा धकेल्ने प्रयास भएकोसमेत आरोप लगाइएको छ ।
कैलालीको गोराङ्गामा ट्याक्टरमा ३ भदौ २०६६ मा आगो लगाइएको थियो । सोही आगजनी मुद्दामा अरुण चौधरी दोषी ठहर भएका थिए । उनलाई जिल्ला अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको