काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल सरकार नछाड्ने भएकाे छ ।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय समेत गरेको छ ।
पार्टीको केन्द्रीय सदस्यसहित संसदीय दलको बैठकमा सरकारबाट बाहिरिन नहुने पक्षमा धेरै नेता देखिएका थिए । सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
यसैबीच मिश्रित धारणा आएपछि बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
उक्त बैठकमा प्रधानमन्त्रीमा समर्थन गर्दा भएका सहमतिका विषयलगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने र रास्वपा पुन बैठक बसरेर सरकारबाट बाहिरिने वा रहन भन्ने टुंगो लगाउने उनले बताए ।
रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको