एम्बाप्पेले दुई पेनाल्टी मिस गरेको खेलमा पिएसजी विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

 पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा मोन्टेपेलियरविरुद्ध सहज जित निकालेको छ । टोलीका प्रभावशाली खेलाडी केलियन एम्बाप्पे घाइते भए पनि बुधबार राती भएको खेलमा पिएसजीले मोन्टेपेलियरलाई उसैको मैदानमा ३-१ गोलले हरायो ।

पिएसजीको जितमा फावियन रुइज, लियोनल मेस्सी र वारेन जाइरी एमेरीले गोल गर्नुभयो । मोन्टपोलियरका अर्नाड नोर्दिनले सान्त्वना गोल फर्काउनुभयो । पिएसजीले नवौँ मिनेटमा पाएको पेनाल्टी गुमाएको थियो ।

सुरुवाती प्रहारमा चुक्नुभएका एम्बाप्पे पुनः प्रदान गरिएको प्रहारमा पनि चुक्नुभएको थियो । २१औँ मिनेटमा चोट लागेपछि एम्बाप्पे बाहिरिनुभएको थियो । त्यसपछि ५५औँ मिनेटमा फावियन रुइजले गोल गर्दै पिएसजीको उत्साह जगाउनुभयो । मेस्सीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

८९औँ मिनेटमा नोर्दिनले गोल गर्दै मोन्टपोलियरलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, इन्जुरी समयमा एमेरीले गोल गर्दै पिएसजीलाई सजिलै जिताउनुभयो । जितसँगै शीर्षस्थानमा यथावत् रहेको पिएसजीले २१ खेलबाट ५१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ४६ अंक छ । पिएसजीसँग पराजित मोन्टपेलियर २० अंकसहित १४औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?