म्यानचेस्टर युनाइटेड काराबाओ कपको फाइनलमा

Read Time = 1 min

म्यानचेस्टर । नटिङघम फरेष्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको सेमिफाइनलको दोस्रो लिगमा नटिङघमलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लिगमा युनाइटेडले ३-० को अग्रता बनाएको थियो । दोस्रो लिगमा युनाइटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एक/एक गोल गर्नुभयो ।

खेलको ७३औँ मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाउनुभयो । त्यसपछि ७६औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाउनुभयो । अब युनाइटेडले उपाधिका लागि न्युकासल युनाइटेडसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा साउथहृयाम्पटनलाई हराउँदै न्युकासल युनाइटेड फाइनलमा पुगेको हो । काराबाओ कप फुटबलको फाइनल खेल यही फेब्रुअरी २६ तारिखका दिन बेम्बले रंगशालामा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?