भारतको फराकिलो जितमा न्युजिल्याण्डको कमजोर ब्याटिङ

युवा ब्याट्स म्यान गिलद्वारा कोहलीको रेकर्ड ब्रेक

Read Time = 3 mins

अहमदाबाद । भारतले तेस्रो टी-२० म्याचमा न्युजिल्याण्डलाई १६८ रनले हराइदिएको छ । भारतको जितमा २३ वर्षीय ओपनर शुभमन गिल चम्किनुभयो । वान डेमा पछिल्ला चार भिडन्तका क्रममा तीन शतक हान्ने गिल पहिलो दुई टी-२० मा उल्लेख्य प्रदर्शन गर्नबाट चुक्नुभएको थियो । यसको क्षतिपूर्ति उहाँले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गर्नुभएको छ । तेस्रो खेलमा उहाँले १२६ रन जोडेर शानदार पारी खेल्नुभयो । गिल यसका साथै टी-२० इन्टरनेशनलमा भारतका तर्फबाट सबैभन्दा धेरै खेल्ने ब्याट्स म्यान बन्नुभयो ।

उहाँले विराट कोहली (१२२ रन) को कीर्तिमान पनि तोड्नुभएको छ । त्यस्तै, रोहित शर्माको ११८ रनको स्कोरलाई पनि गिलले उछिन्नुभएको छ । गिल अब टी-२० फम्र्याटमा भारतका लागि शतक बनाउने सबैभन्दा युवा खेलाडी बन्नुभएको छ ।

उहाँले सुरेश रैनाको रेकर्ड पनि तोड्नुभएको छ । रैनाले यसअघि २३ वर्ष १५६ दिनको उमेर हुँदा टी-२० फम्र्याटमा १०१ रनसहित शतक बनाउनुभएको थियो । त्यस्तै, केएल राहुलले २४ वर्ष १३१ दिनको हुँदा ११० रनसहित टी-२० मा शतक बनाउनुभएको थियो ।

गिलको शतक टी-२० इन्टरनेशनलमा भारतीय ब्याट्स म्यानको जम्मा १३औँ शतक हो । भारतीय खेलाडीतर्फ रोहित शर्मा चार शतकसहित सबैभन्दा अगाडि हुनुहुन्छ ।

गिलले पछिल्लो ६ महिनामा तीनै फम्र्याट अर्थात् टेस्ट, वान डे र टी-२० मा शतक हान्नुभएको छ । गिल तीनै फम्र्याटमा शतक बनाउने भारतका अहिलेसम्मकै केवल पाँचौँ र विश्वका २१ औँ ब्याट्स म्यान हुनुहुन्छ ।

गिलभन्दा अघि सुरेश रैना, केएल राहुल, रोहित शर्मा र विराट कोहली यो रेकर्ड बनाउन सफल हुनुभएको छ ।
गिल तीनै फम्र्याटमा शतक बनाउने विश्वको दोस्रो युवा ब्याट्स म्यान पनि हुनुहुन्छ । पाकिस्तानका मोहम्मद शहजादले २२ वर्ष १२७ दिनको उमेरमा यो उपलब्धि हासिल गर्नुभएको थियो । गिलले यो उपलब्धि २३ वर्ष १४६ दिनमा हासिल गर्नुभयो ।

गिल चम्किरहँदा न्युजिल्याण्डको टिम तेस्रो टी-२० मा केवल ६६ रनमा अलआउट भएको थियो । यो भारतीय पिचमा टी-२० इन्टरनेशनलतर्फ कुनै पनि टिमको सबैभन्दा थोरै स्कोर हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?