ब्लकबस्टर बन्ने बाटोमा ‘पठान’

Read Time = 3 mins

मुम्बई । शाहरूख खानको चलचित्र पठानले ब्लकबस्टर बन्ने बाटो तय गरेको छ । यो चलचित्रले बक्स अफिसमा करोडौंको वर्षा गरिरहेको छ । विश्वव्यापी बक्स अफिसमा आठ दिनमा ६७५ करोड कमाएको पठानले दोस्रो हप्तामा १००० करोडको आँकडा छुनेछ । बक्स अफिसमा जादुई अंक हासिल गर्दै पठान दिन प्रतिदिन रेकर्डको नजिक हुँदै गएको छ । पठानले साताका दिनमा पनि दोहोरो अंकमा संकलन गरिरहेको छ ।

आम्दानीको यो गति दोस्रो सप्ताहन्तमा अझ बढ्दै जाने बताइएको छ । व्यापार विश्लेषकका अनुसार पठानले दोस्रो हप्तामा सजिलै एक हजार करोड कमाउनेछ । योसँगै किंग खानको यो चलचित्रले १००० करोड क्लबमा गर्वका साथ कब्जा गर्नेछ । तर, १००० करोड कमाएपछि पठानलाई धेरै ठूला हिटको कमाइसम्म पुग्न मुस्किल हुने सम्भावना छ ।

आमिर खानको दंगल विश्वभर सबैभन्दा धेरै कमाउने चलचित्रहरूमा शीर्ष स्थानमा छ । यसले २०१० करोडको विश्वव्यापी संकलन गरेको थियो । दंगलको यो रेकर्ड अहिलेसम्म कुनै पनि हिन्दी फिल्मले तोड्न सकेको छैन । यसपछि बाहुबली २ (१७८८.०६ करोड), केजीएफ २ (१२०८ करोड), आरआरआर (११५५ करोड) ले सबैभन्दा बढी कलेक्शन रेकर्ड राखेका छन् । पठान विस्तारै यो लिस्टतर्फ अघि बढिरहेको छ । पठानले सजिलै १००० करोड कमाउनेछ । वास्तविक परीक्षा यसपछि सुरु हुनेछ ।

पठानका लागि सबैभन्दा ठूलो राहत भनेको फेब्रुवरीमा कुनै पनि ठूला चलचित्रले बक्स अफिसमा प्रतिस्पर्धा गर्न नसक्नु हो । कार्तिक आर्यनको ‘सेहजादा’ र अक्षय कुमारको ‘सेल्फी’ सिनेमाघरमा आउने भएपनि यी दुवै चलचित्रले पठानको कमाईमा खासै प्रभाव पार्न नसक्ने बताइन्छ । पठानको द्रुुत कमाईको श्रेय सकारात्मक माउथवर्ड हो । चार वर्षपछि पर्दामा फर्किनुभएका किङ खानलाई यो हिटको नितान्त आवश्यकता थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?