तेहरान । इरानको अदालतले सार्वजनिक ठाउँमा नृत्य गरेको भन्दै एक ब्लगर जोडीलाई १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । अदालतले उनलाई सार्वजनिक स्थलमा नाचगान र वेश्यावृत्तिलाई प्रोत्साहन गरेको आरोपमा दोषी ठहर गरेको हो । रिपोर्टका अनुसार ब्लगर अस्तिज हगीगी र आमिर मोहम्मद अहमदीले इरानी प्रदर्शनकारीलाई समर्थन गर्दै एउटा डान्स भिडियो पोस्ट गर्नुभएको थियो । त्यसपछि नोभेम्बरमा उहाँलाई गिरफ्तार गरिएको थियो ।
रिपोर्टका अनुसार तेहरानको आजादी स्क्वायरमा ब्लगर जोडीले नृत्य गरेको भिडियो भाइरल भएको थियो । त्यसपछि उनीहरूमाथि कारबाही गरिएको थियो । एस्तियाज र आमिरलाई अदालतले राष्ट्रिय सुरक्षा खतरामा पारेको र सरकारविरुद्ध प्रचारप्रसार गरेको आरोप पनि लगाएको छ ।
हिजाबविरुद्धको प्रदर्शनमा महसा अमिनीको मृत्यु भएपछि इरानका युवा गत वर्षदेखि अधिकारका लागि लडिरहेका छन् । प्रदर्शन रोक्न राष्ट्रपति इब्राहिम रइसीको सरकारले कुनै कसर बाँकी राखेको छैन । यसै सन्दर्भमा जनवरी २९ मा भएको अदालत नयाँ फैसला सार्वजनिक भएको भनिएको छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको