संसारको सबैभन्दा सुन्दर पुरुष हलिउड अभिनेता रेगे

Read Time = 1 min

एजेन्सी । हलिउड अभिनेता रेगे जीन पेज संसारको सबैभन्दा सुन्दर पुरुष घोषित हुनुभएको छ । नेटफ्लिक्स शृंखला ‘ब्रिजर्टन’ का बाट चर्चित पेज संसारकै सबैभन्दा सुन्दर भएको एक अध्ययनले देखाएको हो ।

३४ वर्षीय पेजको अनुहारको मूल्यांकन र विश्लेषण गर्दा सबैभन्दा सुन्दर पुरुष भएको अध्ययनले निष्कर्ष निकालेको हो । यो अनुसन्धान ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फिको प्रयोगद्वारा गरिएको थियो । सो प्रणालीले शारीरिक पूर्णता मापन गर्ने जनाइएको छ । जसमा रेगेको अनुहार ९३.६५ प्रतिशत ‘पर्फेक्ट’ छ ।

रेगेपछि क्रिस हेम्सवर्थ ९३.५३ प्रतिशतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यसैगरी, माइकल बि जोर्डन ९३.४६ प्रतिशत पाएर तेस्रो र गायक हृयारी स्टाइल ९२.३० प्रतिशतका साथ चौथो स्थानमा हुनुहुन्छ । प्लास्टिक सर्जन जुलियन डी सिल्भाको नेतृत्वमा ब्रिटिश पत्रिका मेट्रोले यो सूची तयार पारेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?