सिनेमाघरमा ‘हृयारी कि प्यारी’

Read Time = 2 mins

काठमाडौं । शुक्रबार प्रदर्शनमा अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘हृयारी कि प्यारी’ आएको छ । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको हो ।

डा.भोला रिजालको निर्माण एवं उहाँका छोरा डा.कपिल रिजालको लेखन एवं निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेललगायत शीर्ष भूमिका हुनुहुन्छ । चलचित्रको मंगलबार राजधानीमा प्रिमियर शो गरिएको थियो । प्रिमियरमा निम्तालु चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएको थियो । डा.भोला रिजाल दुई दशकपछि यसै चलचित्रमार्फत निर्माताका रुपमा फर्किनुभएको छ । यो जितु पहिलोपटक सोलो अभिनेताको रूपमा प्रस्तुत भएको चलचित्र हो ।

चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । डा.कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेख्नुभएको हो ।

दन्त चिकित्सक डा.कपिल रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्नुभएको हो । चलचित्रमा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जलि जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?