काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको चित्रकला तथा मूर्तिकला प्रदर्शनीको उद्घाटन गर्नुभएको छ । बिहीबार प्रदर्शनकी उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईंहरूले खेलेको भूमिका प्रशंसनीय छ ।’
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘म पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको थिएँ । अहिले स्थापनाको १२ वर्ष पुगेको छ ।’ स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउँदै उहाँले भन्नुभयो, ‘मलाई निकै खुशी र गर्वको महसुस भएको छ । अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा निकै खुशी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ ।’
प्रधानमन्त्री प्रचण्डले सो अवसरमा ललितकलाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने स्रष्टालाई सम्मानित गर्नुका साथै ललितकलासम्बन्धी सिर्जनाको अवलोकन गर्नुभएको थियोे ।
ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालको चन्द्रमानसिंह मास्के प्रदर्शनी कक्षमा ललितकला गुठी काठमाडौंको आयोजनामा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा २० कलाकारका ५१ चित्रकला र मूर्तिकला प्रदर्शनमा राखिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको