श्रीकृष्ण र हनुमानजीको सान्दर्भिक कूटनीतिक कौशल

Read Time = 13 mins

✍️ श्रीमन नारायण

सनातन धर्म, हाम्रा महान धार्मिक ग्रन्थहरू तथा देवी-देवताहरूले बताएका मार्गलाई अनुशरण गर्ने हो भन्ने हामीले अन्य कसैको नीति, रणनीति अथवा राजनीतिको पछाडि दगर्नु पर्ने कुनै कारण छैन । रामायण, महाभारत, गीता वेद र पुराणहरू ज्ञानका महासागर हुन् । पश्चिमेली राष्ट्रका विद्धानहरूले यसको अध्ययन एंव अनुसन्धान गरेर धेरै उपलब्धि हासिल गरेका छन्, गरिरहेका छन् जबकि हामीलाई भने यसमा हिनताबोध भइरहेको छ । हालै दक्षिणी छिमेकी भारतका विदेश मन्त्री डा. सुब्रमण्यम जयशंकरले आफ्नो किताब ‘द इण्डिया वेः स्टेटिज फर एन अनसर्टेड वर्लडको’ माराठी अनुवाद भारत मार्गको विमोचनपश्चात मन्तव्य राख्दै भगवान श्रीकृष्ण र हनुमानजीलाई विश्व इतिहासकै सफल कूटनीतिज्ञको संज्ञा दिएका छन् ।

राजनीतिक र कूटनीतिका बारेमा अध्ययन गर्न चाहने जो कहिले पनि पश्चिमेली विद्वान अथवा लेखकको किताब पढ्नु अवथा त्यहाँको कुनै नेताको जीवनीबाट केही सिक्ने प्रयास गर्नुभन्दा भगवान श्रीकृष्णले महाभारतको युद्धका दौरान र हनुमानजीले रावण नगरी लंका पुगेर एउटा सफल कूटनीतिज्ञको जिम्मेवारी कसरी निर्वाह गरे त्यसबारे अध्ययन गर्नु पर्ने र धेरै कुरा सिक्न सकिने सुझाव दिएका छन् ।

महाभारतको युद्धमा कूटनीतिका सबै प्रमुख अस्त्रहरूको प्रयोग भएका थिए । भारतका विदेशमन्त्री डा.एस.जयशंकरले यसको समीक्षा गर्दै त्यतिबेला पनि भारत वर्षका अधिकांश देशहरू महाभारतको युद्धमा कौरव अथवा पाण्डवको पक्षमा लागेको बताउँदै दुई ध्रुवीय विश्वको व्याख्या गरेका छन् ।

श्री हनुमानजीको कूटनीतिक क्षमता, चार्तुर्य र कुसाग् बुद्धिको प्रशंसा गर्दै डा.एस जयशंकरले लंकाका राजा रावणको नगरीमा पुगेर केवल सीतामातालाई राखिएको ठाउँबारे पत्ता लगाउने काम मात्रै गरेन कि रावण विरोधी विभीषणको बारेमा पनि पत्ता लगाए । सीतामाताको दर्शन र आशिर्वाद प्राप्त गरी प्रभु श्रीरामले कोसेलीको रूपमा दिएका औंठीलाई पनि सीतामातालाई दिने काम गरे र सीतामाताको कोसेली प्रभु श्रीरामसम्म पु¥याउने काम गरे । त्यसबाहेक रावणका सेनाको क्षमता, संख्या, तयारी, भौगोलिक अवस्थाको बारेमा पत्ता लगाए । एउटा दूतको नाताले केही सामान्य सूचना पाएको भए पनि उनले आफ्नो कर्तव्यलाई पूरा गरेको मानिन्थ्यो तर होइन सुनको लंकालाई समेत जलाउने काग गरे ।

एक किसिकले हनुमानजीलाई बहुआयामिक उद्देश्य पूरा गर्ने कूटनीतिज्ञ मान्न सकिन्छ, जसमा उनले एकैसाथ धेरै काम गरे । श्रीरामको सफलतामा हनुमानजीको भूमिकालाई महत्वपूर्ण मानिन्छ । हनुमानजीमा कूटनीतिक चातुर्य, धैर्य, दूरदर्शी, स्वामी भक्ति, दायित्वबोध र अनुशासनको पालन गर्ने अदभूत क्षमता थियो । नागफासलाई हटाउन सक्ने सामथ्र्य हुँदा पनि उनले अनुशासनको पालन गरे र आफू बाँधिन तयार भएका थिए । सम्भवतः यिनै धैर्यका कारणले होला उनले स्वर्ण नगरी लांलाई समेत जलाउन पुगे ।

भगवान श्रीकृष्ण स्वयं पूर्ण थिए । साक्षात नारायणका अवतार भगवान श्रीकृष्णले सत्यको रक्षामा आफ्नो सम्पूर्ण जीवन नै बिताए । श्रीकृष्ण एउटा कुशल एंव सफल कूटनीतिज्ञ थिए । महाभारतको युद्धमा उनले कूटनीतिको सहारा लिएर पाण्डव पक्षलाई विजयी गराए तथा असत्यको पक्षमा रहेका कौरवहरूलाई परास्त गराउन लगाए । महाभारतमा राजनीति र कूटनीतिका सबै प्रयोगहरू हेर्न सकिन्छ । श्रीकृष्णले खेलेका भूमिकाको शतांश पनि आधुनिक कूटनीतिमा उपयोग गर्न सकिए कुनै पनि देश कूटनीतिको क्षेत्रमा असफल हुन सक्दैन । श्रीकृष्णले युद्धको मैदानमा अर्जुनलाई दिएका उपदेशहरूको अक्षरस पालन त असम्भव छ तर पनि यस मार्गमा हिँड्ने साधारण प्रयास भएमा पनि लक्ष्यसम्म पुग्न सकिन्छ ।

महाभारतको युद्धमा कूटनीतिका सबै प्रमुख अस्त्रहरूको प्रयोग भएका थिए । भारतका विदेशमन्त्री डा.एस जयशंकरले यसको समीक्षा गर्दै त्यतिबेला पनि भारत वर्षका अधिकांश देशहरू महाभारतको युद्धमा कौरव अथवा पाण्डवको पक्षमा लागेको बताउँदै दुई धुव्रीय विश्वको व्याख्या गरेका छन् । एक ध्रुवको नेतृत्व पाण्डव पक्षले र अर्को ध्रुवको नेतृत्व कौरवले गरिरहेका थिए जबकि बलराम र रूक्माहरू तटस्थ अथवा असंलग्न भूमिकामा रहेका व्याख्या गरेका छन् ।

आन्तरिक रूपले युद्धको मनसाय राखेका तर बाहृय रूपमा शान्ति वार्ताको प्रस्ताव लिएर हस्तिनापुर दरवार पुगेका श्रीकृष्णले कौरव पक्षबाटै युद्धको घोषणा गराउनु उनको कूटनीतिक चातुर्य थियो । एकातिर पाण्डव पक्षबाट भीम र द्रौपदीहरू युद्धको पक्षमा तत्पर रहनु तर धर्मराज युद्धस्थहरू सकभर युद्ध नभएकै राम्रो भन्ने पक्षमा थिए । श्रीकृष्णले स्वयमलाई शान्ति दुतकै रूपमा प्रस्तुत गरेका थिए । अन्त्यसम्म उनी शान्ति वार्ताकै पक्षमा थिए । पाण्डवलाई पाँच गाउँमात्र भए पनि पुग्ने उनको न्यूनतम शर्तलाई समेत कौरव पक्षले नमान्नु महाराज दुर्योधनको अहंकार, अदूरदर्शी र गलत सल्लाहकारहरूको परिणाम थियो भन्ने सबैथोक जानेर पनि महाराजा दुर्योधनलाई सम्झाउन नसक्नु भीष्म पितामह र द्रोणाचार्यहरूको पनि गल्ति नै थियो ।

कर्ण, दुशासन, शकुनी जस्ता गलत सल्लाहकारको सुझावलाई मान्ने राजाको दरवारमा भएकै कारण भीस्म पितामह र द्रोणाचार्य पनि किकर्तब्यविमुढ भएका थिए । एउटा सफल शासकले आफ्नो टिममा केवल चाटुकार र षड्यन्त्रकारीलाई मात्रै राख्नु हुँदैन भन्ने संकेत पनि यसले दिने गर्दछ । कौरबको पक्षमा ११ करोड र पाण्डवको पक्षमा केवल सात करोड सेनामात्र भएर पनि पाण्डवले युद्ध जित्नुको मुख्य कारण पाण्डवको पक्षमा श्रीकृष्ण हुनुलाई नै डा.जयशंकरले मानेका हुन् । पाण्डव पक्षको विजयमा अनुशासन, धैर्य, ठूलो सोच र स्पस्ट लक्ष्य नै कारण रहेको पनि डा.एस जयशंकरको ठम्याई छ ।

पाण्डवहरूले श्रीकृष्णमाथि विश्वास गरे र उनको प्रतिष्ठाको सम्मान गरे फलस्वरूप कठिन्तम युद्धमा पनि सफलता हासिल गरे । धैर्यपूर्वक पाइला चालिएमा कठिन र जटिल समस्याको पनि समाधान गर्न सकिन्छ भन्ने शिक्षा महाभारतको युद्धवाट पाउँन सकिन्छ, भन्दै डा.एस जयशंकरले भगवान श्रीकृष्णले शिशुपालको एकसय गल्तिलाई धैर्यपूर्वक सहन गर्नुलाई राजनीतिक धैर्यको उच्चकोटिको संज्ञा दिए । भारतको छिमेकी देश पाकिस्तानको गल्तिलाई उनले शिशुपालको गल्तिसित तुलना त गरे तर पाकिस्तानको गल्तिको संख्या कतिसम्म पुगेको हो भन्ने बताएनन् ।

चक्रव्युहमा पारेर मारिएका अभिमन्युको बदला लिन अर्जुनले लिएको प्रतिज्ञा पूरा हुने सम्भावना क्षीण हुन पुग्दा श्रीकृष्णले कृत्रिम रूपमा सूर्यास्तको अवस्था उत्पन्न गर्नु राजनीतिक कूटनीति थियो, युद्ध नीति त थियो नै । आखिर श्रीकृष्णकै कारण जयद्रथ पनि मारिए । महाभारतको युद्धमा अर्जुनको अनिर्णयको अवस्थाबारे पनि चर्चा गर्दै डा. एस जयशंकरले कौरवहरूसितको रगतको सम्बन्ध, भावनात्मक आर्कषण, भीष्म पितामह र द्रोणाचार्यप्रतिको आदरभाव र सम्मानका कारण अर्जुन युद्ध गर्न चाहिरहेका थिएनन् भन्दै उनले प्रत्येक मानिस र राष्ट्रको जीवनमा अन्यौलता अथवा अनिर्णयको अवस्था आउने गरेको भन्दै उनले जस्तो सुकै कठिन र विपरीत परिस्थितिको कुशलतापूर्वक सामना गर्न सक्ने नै सफल राजनीतिज्ञ र कूटनीतिज्ञ हुने गरेको बताउँदै श्रीकृष्णको प्रशंसा गरे ।

चक्रव्युहमा पारेर मारिएका अभिमन्युको बदला लिन अर्जुनले लिएको प्रतिज्ञा पूरा हुने सम्भावना क्षीण हुन पुग्दा श्रीकृष्णले कृत्रिम रूपमा सूर्यास्तको अवस्था उत्पन्न गर्नु पनि राजनीतिक कूटनीति नै थियो, युद्ध नीति त थियो नै । आखिर श्रीकृष्णकै कारण जयद्रथ पनि मारिए ।

महाभारतको युद्धमा सुरुमा आफैंले युद्धको नियम अथवा आचार संहिताको उल्लंघन गर्ने कौरवहरूले युद्ध मैदानमा अर्जुनले शिखण्डीलाई अघि सारेर भीष्मपितामहमाथि वाण चलाउँदा अथवा हिलोमा कर्णको रथ धसेको अवस्थामा वाण प्रहार गर्नु युद्ध नियमको उल्लंघनको आरोप लगाउनुलाई उनले क्रमोवेश विश्वका शक्तिशाली राष्ट्रहरूको दोहोरो मापदण्डसित तुलना गर्दै एस. जयशंकरले वर्तमान अवस्थामा आफ्नो आवश्यकता अनुसार भारत सरकारले जस्तोसुकै रणनीति बनाउन स्वतन्त्र र सक्षम रहेको बताए ।

हामी सनातन धर्मका अनुयायी आफ्नै धर्मशास्त्र र पुर्खा तथा देउताहरूबाट धेरै कुरा सिक्न सक्ने बताएका छन् । भारतको विदेश सेवाको सर्बोच्च पदबाट अवकाश प्राप्त गरेर राजनीतिमा पनि विदेश मामिलाका मन्त्रीको जिम्मेवारी बोकेका डा.एस जयशंकर जेएनयुबाट पिएचडी गरेका छन्, तर पश्चिमेली संस्कृतिक सभ्यता, साहित्यको अथाह ज्ञानका धनी भएर पनि उनी हिन्दू धर्म शास्त्र र पौराणिक मान्यताहरूमा गहिरो विश्वास राख्दछन् । भगवान श्रीकृष्ण र हनुमानजीको बारेमा उनको धारणा हाम्रा निम्ति प्रेरणादायक सावित हुन सक्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?