जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ ।
प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिनुभयाे । उहाँकाअनुसार कांग्रेसले लेखा समितिको सभापति पाएको छ ।
माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बालबालिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले विकास समिति, जनमतले अर्थ तथा योजना समिति, एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति र एकीकृत समाजवादीले प्रदेश मामिला समितिको सभापति पाएको महताेले जानकारी दिनुभयाे ।
आ-आफ्नो भागमा परेका समितिको सभापतिको नाम भने सम्बन्धित् दलहरुले टुंग्याउन बाँकी छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको