मौरीका लागि घुम्ती चरन क्षेत्र बन्यो रत्नेचौरको तोरीबारी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । तोरी फुलेर पहेलै भएको छ रत्नेचौरको फाँट । खेतका डिलमा लहरै राखिएका छन् मौरीका घार । म्याग्दीको बेनी नगरपालिका वडा नै १ मा पर्ने रत्नेचौरको फाँट यतिबेला मौरीको चरन र मानिसहरुको भीडले भाइरल बनेको छ ।

यही भाइरल तोरी फाँटमा मौरी चराउन व्यस्त हुनुहुन्छ म्याग्दीको बेनी नगरपालिका ४ सुर्केमेलाका दिलबहादुर खत्री । उहाँले रत्नेचौर र छिमेकी जिल्ला बागलुङको कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर मौरी चराउनुहुन्छ ।

एक दशकदेखि व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका ४२ वर्षिय खत्रीले ७० घार मौरी लिएर घुम्ती चरनका लागि रत्नेचौरको तोरीबारीमा आउनुभएको छ । पहेलै फुलेको तोरीबारी आसपासका क्षेत्रमा मौरीको ताँती नै देखिन्छ । “मौसम अनुसार आहारा पाइने ठाउँमा मौरीलाई सार्नुपर्छ,मौरीको स्रोत जोगाउन पनि रुचाइएको आहारा र शान्त बतावरण चाहिन्छ” कृषक क्षत्रीले भन्नुभयो ।

जंगल आसपासका क्षेत्रलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दा मह दोब्बर उत्पादन हुनुका साथै स्वादिलो समेत हुने भएकाले समयअनुकुल चरन क्षेत्रको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । ४२ वर्षिय क्षत्री २१ वर्षको उमेरमा दुबई पुगेर दुईवर्ष बिताएर फर्किएपछि पुनः मलेसिया जानुभयो । मलेसियामा ३ वर्ष बसेर फर्केर खत्री बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर मौरी पालन गर्नुभएका खत्रीले वार्षिक रुपमा मौरी तथा मौरीसहितका घार बिक्री गरेर बार्षिक २० लाखको कारोबार गर्ने बताउनुभयो । बार्षिक १ क्विन्टल मह उत्पादन हुने र सबै खर्च कटाएर वार्षिक रु १२ लाख भन्दा बढी आम्दानी हुने उहाँको भनाइरहेको छ । उहाँले महका अलवा मौरी सहित र खाली गरी वार्षिक १ सय मौरीका घार पनि विक्री हुने बताउनुभयो ।

प्रतिघार मौरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उहाँको अनुभव छ । गतवर्ष मौरीसहितको घार बिक्रीबाट मात्रै उहाँले रु १० लाख आम्दानी भएको जानकारी दिनुभयो ।

यसवर्ष चरन क्षेत्रमा राखेको ७० घार मौरीबाट दुईसय ५० केजी मह उत्पादन गर्ने अपेक्षा गरेको उहाँले सुनाउनुभयो । प्रत्येक घारमा मौरीले तीनदेखि चार केजीसम्म मह उत्पादन गर्दछ । ताजा मह एकहजार रुपैयाँदेखि १५ सय रुपैयाँ प्रतिकेजीका दरले बिक्री हुने गरेको छ ।
महका गोला र मौरीसहितको घार, खाली घार, खाली घार भएका कृषकका लागि मौरी मात्रै पनि बिक्री गर्ने गरेको क्षत्रीको भनाई छ । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मूल्यअनुसार मौरीसहित घारको १० हजार, मौरी मात्रै पाँचहजार र खाली घार मात्रै तीनहजार पाँचसयमा बिक्री हुन्छ ।
बर्खाको समयमा धान र मकै, हिउँदमा तोरीबारीमा लैजाने गरेकोमा प्रयाप्त आहारा नपुगेमा मौरी भाग्ने जोखिम रहेको अर्का कृषक जीवन केसीले बताउनुभयो । उहाँले मौरीको सबैभन्दा पहिलो रोजाई चिउरी र दोस्रो तोरीबारी रहेको जानकारी दिनुभयो । गुणस्तरीय महका लागि फलफूल, तरकारी, तेलहन, दलहन बाली, फुल फुल्ने सबै बिरुवा अनुकुल भएपनि सबैभन्दा राम्रो तोरी र चिउरी हुने उहाँको भनाइ छ । गुणस्तरीय मह उत्पादन गरे ग्राहक मह खोज्दै घरमै आउने भएकाले बजारको समस्या नभएको कृषकहरुको भनाइरहेको छ ।

रत्नेचौरको तोरीबारीमा मौरी चराइरहेका कृषक केसीका अनुसार मौरीपालनबाट सोचेजस्तै आम्दानी हुने गरेको छ । उहाँले मौरीको आनीबानीसँग खेल्न सक्नेलाई अन्य ब्यवसाय गर्न नपर्ने बताउनुभयो । हरेका मौसममा फरक फरक ठाँउमा पु¥याएर चराउनु पर्ने वाध्यता रहेको उहाँको भनाइ छ ।

विहान चरन क्षेत्रमा पुगेका मौरी घाम अस्ताउन लागेपछि आफ्नै बासस्थानमा फर्किने अवस्थामा अरिङ्गाल लगायतका किराको आक्रमणले क्षती हुने गरेको कृषकको भनाई छ । विगतमा मौरीले तोरीबारी नष्ट गर्ने भ्रम रहेको अवस्थामा अहिले भने तोरीखेतीमा सक्रिय कृषकले नै मौरीपालकलाई बोलाउने गरेको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताउनुभयो । म्याग्दीमा अगुवा कृषकले मौरीपालनबाटै बार्षिक १० लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । एकै ठाउँमा चरनक्षेत्रले नपुग्ने भएपछि घुम्ती चरनका लागि ठाउँठाउँमा घार रख्ने गरिएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?