काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा शनिबारबाट सुरु हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्टन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लब भिड्ने भएका छन् । प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । उद्घाटन खेलमा आर्मीले न्यू डायमण्डको सामना गर्नेछ भने दिउँसो ३ बजेको खेलमा नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबसँग खेल्नेछ । प्रतियोगितामा ४ टोलीको सहभागिता रहँदा आइतबार र सोमबार लिग चरणका खेल हुनेछन् ।
मंगलबार प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल हुनेछ । लिगका शीर्ष दुई टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसर्टमा रात्रि भोजको व्यवस्था गर्नेछ ।
विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एकजना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको