काठमाडौं । एस फुटबल च्याम्पियनसिप प्रतियोगिता आइतबार माघ २२ गतेबाट सुरु हुनेभएको छ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आइतबारबाट सुरु हुने जनाएको छ ।
लगनखेलस्थित आर्मी शारीरिक ट्रेनिङ एण्ड स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता माघ २९ गतेसम्म चल्नेछ । अन्तर कलेज फुटबल प्रतियोगिताको रूपमा रहेको च्याम्पियनसिपमा १५ म्यानेजमेन्ट कलेजको सहभागिता रहेको छ ।
सहभागी १५ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले नगद, ट्रफी मेडलसहित ७० हजार बराबरको पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३५ हजार बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको