बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नबौं एल.आर.आई. बास्केटबल फेस्टको उपाधि टाइम्स कलेजले हात पारेको छ । एल.आर.आई.स्कुलको खेलमैदानमा शुक्रबार आयोजना भएको फाइनल खेलमा टाइम्सले सी.सी.आर.सी.लाई ७६-५२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
त्यस्तै फुटसलको फाइनल खेलमा हृवाइट हाउस कलेज विजयी भएको छ ।

ह्वाइट हाउस कलेजले, के.सी.सी.एस.लाई ४-२ अन्तरले पराजित गर्दै विजयी भएको हो । बास्केटबलको उत्कृष्ट खेलाडी अवार्ड टाइम्सका पारस केसी तथा फुटसल तर्फको उत्कृष्ट खेलाडी अवार्ड हृवाइट हाउसका समीर वनले प्राप्त गरेका थिए । सो प्रतियोगितमा २० वटा कलेजको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नागार्जुन नगरपालिकाका उपप्रमुख श्रीमती सुशीला अधिकारीले प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाइ क्रमशः नगद २४ हजार तथा १२ हजार र मेडल, ट्रफीसहित सम्मान गर्नुभयो । उपप्रमुख अधिकारीले एल.आर.आई.स्कुले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रका लागि निकै ठूलो योगदान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले राष्ट्रको शैक्षिक विकासमा निजी क्षेत्रका स्कुलका योगदानको चर्चा गर्दैे एल.आर.आई.मुलुककै नमुना स्कुल भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?