म्याड्रिड । कप्तान करिम बेन्जेमाको उच्च प्रदर्शन प्रेरित खेलमा शीर्ष दौडमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि २-० गोलअन्तरले पराजित गरेको छ । रियलको जितमा मार्काे एसेन्सियो र भिनिसियस जुनियरले गोल गर्नुभयो ।
५२औं मिनेटमा मार्काे एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाउनुभयो । दुई मिनेटपछि भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर पार्नुभयो । यस जितसँगै रियलले शीर्षस्थानमा बार्सिलोनासँगको अंक दूरी ५ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४५ अंक पुगेको छ । समान खेलबाटै बार्सिलोनाको ५० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४औं स्थानमा छ ।
यता सिरी ‘ए’ प्रतिद्वन्द्वी लाजियोमाथि १-० को जित हात पार्दै युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सको जितमा पहिलो हाफमा ग्लेइसन ब्रेमेरले निर्णायक गोल गर्नुभयो । अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । अर्काे सेमिफाइनलमा क्रेमोनेस र फियोरेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल दुई लेगमा हुनेछ । पहिलो लेगका खेलहरू ५ अप्रिलमा तथा दोस्रो लेगका खेल २६ अप्रिलमा हुनेछ । फाइनल २४ मेमा हुनेछ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको