स्वास्थ्यका लागि गुणकारी अम्बा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हाम्रै घरआँगनमा पाइने धेरै फलफूल हाम्रो स्वास्थ्यका लागि लाभदायक रहेका हुन्छन् । विभिन्न फलफूलमा अलग-अलग गुण रहेका हुन्छन् । खासरी भिटामिनका यी महत्वपूर्ण स्रोत हुन् । फलफूलमा भिटामिनमात्र नभएर खनिज, फाइबर, लवणलगायतका धेरै गुणकारी तत्व पाइने गर्दछ । आउनुहोस् यहाँ चर्चा गरौँ हाम्रै घरआँगनमा पाइने फल अम्बाका बारेमा । अम्बा स्वादमा निकै स्वादिलो हुने भएकाले धेरैले यसलाई मन पराउँछन् । यो खाँदा जति स्वादिलो छ त्यत्तिकै गुणकारी पनि रहेको छ । अम्बालाई काँचै र पाकेको दुवै रूपमा प्रयोग गर्न सकिन्छ । अम्बा स्वादका लागि मात्रै नभएर यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्छ । यसमा भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ प्रचुरमात्रामा पाइन्छ ।

अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी ब्याक्टेरियललगायतका गुणहरूले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ । अम्बामा धेरै पौष्टिक तत्व पाइन्छ, जुन स्वास्थ्य र छालाका लागि निकै फाइदाजनक हुन्छ ।

चाइनिज मेडिसिनमा अम्बालाई डायबिटिज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो एक औषधि नै साबित हुने एक अध्ययनले प्रमाणित गरेको छ । प्रति एक सय ग्राम अम्बामा ऊर्जा ५१ किलो क्यालोरी, भिटामिन सी २१२ मिग्रा, क्याल्सियम १० मिग्रा, फस्फोरस २८ मिग्रा, फाइबर ५.२ ग्राम, फलाम १.४ मिग्रा पाइन्छ ।

अम्बाको फलका साथै यसको पात पनि त्यत्तिकै महत्वपूर्ण छ । यसका पातमा भएका एण्टी अक्सिडेण्ट, एण्टी ब्याक्टेरियललगायतका गुणहरूले विभिन्न किसिमका स्वास्थ्य समस्या हल गर्न सघाउ पुग्दछ । अम्बामा धेरै पौष्टिक तत्व पाइन्छ, जुन स्वास्थ्य र छालाका लागि निकै फाइदाजनक हुन्छ । अम्बालाई बोलीचालीको भाषामा अम्बक र बेलौती पनि भनिन्छ । यो पहाड, भित्री मधेश र तराईलगायत नेपालका प्रायः सबै क्षेत्रमा पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?