राहत पाउँदा पीडित परिवारमा खुसी

हिमालय टाइम्स
Read Time = 2 mins

नृपेन्द्रबहादुर मल्ल/हिटा
मुगु । बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा उनीहरू खुसी देखिएका छन् । गत असोजमा परेको अविरल वर्षाले बाढी र पहिरो आई घर तथा खेतबारी बगाएर पीडित बनेका मध्ये छायानाथ रारा नगरपालिका-८ का पीडित परिवारलाई शुक्रबार एक गैरसरकारी संस्थाले राहत वितरण गरेपछि पीडित परिवारहरू खुसी देखिएका हुन् ।

टेवा नेपाल काठमाडौंको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई ८ नं वडा कार्यालयले प्रति घर ३० केजी चामल, दुई केजी दाल, एक प्याकेट नुन, डसना, फाइबर सिरक र तन्ना वितरण गरेको थियो । महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाही र वडा अध्यक्ष कर्णबहादुर रावलले पीडित सबै गाउँलेलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गर्नुभएको भयो ।

माघ महिनाको चिसो दिनहरू कटाउँदै आएका विष्टवाडा गाउँका स्थानीयहरूले खाद्यान्न र न्यानो ओढ्ने तथा ओछ्याउने कपडा पाएपछि खुशी व्यक्त गरेका छन । टेवा नेपालले मुगुका पीडित परिवारमध्ये १०० घरधुरीलाई खाद्यान्न तथा कपडा सहयोग गरेको र यो सहयोग जम्मा १० लाख बराबर रहेको पनि महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीले जानकारी गराउनुभयो । असोज महिनामा आएको वर्षाले मुगुका चारै पालिकामा बाढीपहिरो आउँदा करोडौंको भौतिक सम्पत्ति क्षति हुनुका साथै आठ जनाको ज्यान गएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?