काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बिहीबार बोलाइएको स्थायी सतिति बैठक पटक पटक सरेर आज (शनिबर) अपरान्ह १ बजेका लागि बोलाईएको हो ।
समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको विषयवस्तुसहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय बिभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रवार बस्न नसके पछि शनिवार १ बजे बोलाईएको हो ।
रास्वपाले बिहीबार नै सरकार छाड्ने संकेतका बीचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो । त्यसपछि शुक्रवार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि आज १ बजे बोलाईएको हो ।
बैठकले मुख्यतः रास्वपासँगको बिबाद र केन्द्रिय बिभागहरुको कार्यबिभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको