पुस्तक : ‘सम्झनामा सुसेली’ सुसेलीको नवीनतम् पुस्तक

हिमालय टाइम्स
Read Time = 6 mins

✍️ सुशीला घिमिरे

वर्तनाम साहित्य जगतमा फष्टाएको एउटा नवीनतम् विधा सुसेली पनि हो । कथा, कविता, निबन्ध, नाटक आदि साहित्यका विधाहरू हुन् । कथा र उपन्यास आख्यान हुन् भने अरू गैरआख्यान हुन् । कविता काव्यमा पर्छ र यसका गीत, गजल, मुक्तक, हाइकुलगायत प्रकार छन् । हाल आएर विभिन्न साहित्यकारले बाछिटा, झर, साइनोलगायत उपविधाहरूको विकास गरेका छन् जसमा सुसेली पनि एक हो । काव्यमा सबैभन्दा लघुक्तम विधा मानिएको थियो हाइकु ।

अहिले यसभन्दा पनि छोटा विधाको प्रचलन चलाइएको छ । तर, हाइकुको समान विधा सुसेली अहिले निकै चर्चामा छ । ५+७+५ को नियम हाइकुमै जसरी यसमा पनि लागू हुन्छ । तर यसमा अन्त्यानुप्रास अनिवार्य गरिएको छ र यो गाउन पनि मिल्छ । त्यसैले सुसेली गेय विधा हो । नेपाली लोकलयमा विद्यमान गीतहरू पनि ५+७+५ को नियममै गाइन्छन् । त्यस कारण सुसेली हाइकु जस्तो आयातीन विधा नभएर नेपालकै मौलिक विधा हो भन्ने मानिएको छ ।

सुसेलीका केही पुस्तकहरू लेखिइसकिएका छन् । यही क्रममा पछिल्लो पटक ‘सम्झनाका सुसेली’ शीर्षकमा पनि एउटा पुस्तक प्रकाशित भएको छ र त्यसको सुसेलीकार हुनुहुन्छ विष्णुप्रसाद पन्त । विष्णुप्रसाद पन्त सेवानिवृत्त प्राध्यापक हुनुहुन्छ । उहाँको यो सुसेलीसंग्रहको उहाँ आफैं प्रकाशक हुनुहुन्छ । यो पुस्तक प्रथम संस्करणका रूपमा हालै (१०७९ सालमा) प्रकाशित भएको हो । टचटोन प्रिन्टिङ प्रेस चावहिल, काठमाडौंमा पुस्तक मुद्रण भएको छ । डिएमआई साइजको छरितो र आकर्षक छ यो पुस्तक । यसमा भूमिका खण्डमा १५ र पाठ्य खण्डमा ८९ गरी जम्मा १०४ पृष्ठ रहेका छन् । पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ । पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कमै मात्र भेटिन्छन् । यो पुस्तक स्तरीय कागजमा छपिएको छ ।

यस सुसेलीसंग्रहमा ४४५ वटा सुसेलीहरू रहेका छन् । उहाँले आफ्ना सुसेलीहरूका माध्यमबाट राजनीति, प्रकृति, समाज, प्रेमप्रणय, विकृति र विसंगतिलगायत विभिन्न क्षेत्रलाई उजागर गर्न चाहनु भएको छ । नवीनतम् कृतिका लागि सुसेलीकार पन्तलाई हार्दिक बधाई तथा कृतिको सफलताको कामना ।

पुस्तकको आवरण आकर्षक छ । माथि पुस्तकको शीर्षक दिइएको छ ‘सम्झनाका सुसेली’ भनेर । फिक्का पँहेलो पृष्ठभूमिमा राता अक्षरहरू सुहाउँदिला देखिन्छन् । माथि दायाँतिर र बीचमा मयुरका जोण्डी प्वाँखहरू दिइएको छ । तल सुसेलीकार पन्तको नाम दिइएको छ । पृष्ठ आवरणमा फोटोसहित सुसेलीकार पन्तको चिनारी दिइएको छ । जसअनुसार उहाँ २००७ साल फागुन १ गते काभ्रेपलान्चोक जिल्लाको पञ्चकुमारी गाविस, बिर्ता देउराली, पाटी गैरामा जन्मिनु भएको हो भन्ने जानकारी पाइन्छ ।

अर्थशास्त्रमा एमए र कानुनमा बिएल गर्नुभएका पन्त धनलक्ष्मी पन्त र गुणनिधि पन्तका सुपुत्र हुनुहुन्छ । उहाँको ११औं कृति हो यो पुस्तक । उहाँले साहित्यका काव्यअन्तर्गतका विभिन विधामा कलम चलाउनु भएको छ भने आफ्नो औपचारिक अध्ययनको विषयअन्तर्गत बजारशास्त्रको सिद्धान्त पनि लेख्नु भएको छ । यसका साथै उहाँले नियात्राका पुस्तकहरू समेत लेख्नु भएको पाइन्छ । यसबाहेक उहाँले विभिन्न पत्रपत्रिकाहरूमा लेखरचनाहरू पनि प्रकाशित गर्दै आउनुभएको छ । उहाँ व्यवसायी, शिक्षासेवी हुनुका साथै विभिन्न संघसंस्थामा संलग्न रहेर समाजसेवी कार्यसमेत गर्दै आइरहनु भएको छ ।

पुस्तकको भूमिका खण्डमा डा.शैलेन्दुप्रकाश नेपालको ‘शुभकामना’, राष्ट्रिय सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको ‘शुभकामना’, साहित्यकार तिलकप्रसाद लुइँटेलको ‘शुभकामना’ र सुसेलीकार पन्तको ‘मेरो भन्नु’ रहेका छन् । त्यसपछि सुसेलीहरू प्रस्तुत गरिएका छन् । यस सुसेलीसंग्रहमा ४४५ वटा सुसेली रहेका छन् । उहाँले आफ्ना सुसेलीहरूका माध्यमबाट राजनीति, प्रकृति, समाज, प्रेमप्रणय, विकृति र विसंगतिलगायत विभिन्न क्षेत्रलाई उजागर गर्न चाहनु भएको छ । नवीनतम् कृतिका लागि सुसेलीकार पन्तलाई हार्दिक बधाई तथा कृतिको सफलताको कामना । यसका साथै उहाँबाट नेपाली साहित्यले यस्ता अन्य कृतिहरू पाइरहोस् शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?