पाल्पा । पाल्पाको तानसेन-दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरुभञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई बगनासकाली-९ गुनठाँटीस्थित तानसेन-दर्लमडाँडा सडक खण्डमा आज बिहान ठक्कर दिँदा स्कुटरमा सवार दुुई जनाको ज्यान गएको हो ।
मृत्युु हुनेमा तानसेन नगरपालिका-१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँकी ३९ वर्षीया मिना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनिहरुको उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल पठाएकोमा चेकजाँचपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
मृतक उनीहरू आमा छोरा रहेको बुुझिएको छ । प्रहरीले ट्याक्टर र चालक धादिङ रोडाङ गाउँपालिका-९ का हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका