बर्दिया । बाँकेसंग सीमा जोडिएको बर्दिया जिल्लामा पनि दादुरा रुवेलाका विरामी फेला परेका छन् ।
जिल्लाको गुलरिया नगरपालिका २ मा १ जना र बढैयाताल गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १ जना र बारबर्दिया नगरपालिकामा १ जना गरी जम्मा ७ जनामा दादुरा रुवेला देखिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो ।
बढैयाताल गाँउपालिकाको १ मा १३ बर्षिय बालिका, १ वर्षिय बालक, वार्ड न २ मा १ वर्षिय बालक र वार्ड न ७ मा ३५ वर्षिय महिलामा दादुरा रुवेला देखिएको छ । यसैगरी राजापुर नगरपालिका ४ मा १३ बर्षिय बालिका र बारबर्दिया नगरपालिका ८ औरीमा १३ महिना बालिकामा दादुरा देखिएको हो । विरामी सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । विरामी मध्ये केहिको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले प्रभावित वडाहरुमा आइतवारबाट खोप अभियान संचालन गरिने र अन्य स्थानमा विरामीको पहिचान गरिने बताउनु भयो । गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले थप केहि दादुराको लक्षण देखिएकाको स्याम्पल संकलन गरिएको बताउदै आइतवार पहिचान गर्ने काम पनि जारी रहेको बताउनु भयो ।
बाँकेमा महामारीको रुप लिइरहेको दादुरा रुवेलाले सीमाना जोडिएको बर्दियामा जिल्लामा पनि दादुरा रुवेलाबाट प्रभावित हुने हुँदा पुर्व तयारी अवस्थामा नरहेका पालिका विरामी देखा परेपछि तातिएका छन् ।
बर्दियामा १३ महिनाकी बालिका सहित ३५ वर्षिया महिला दादुरा रुवेलाको विरामी देखिएपछि स्वास्थ्यकर्मि सर्तक बनेका छन् । दादुराकै कारण बाँकेमा ३१ महिने बालकको मृत्यु भएपछि थप जोखिम बढेको स्वास्थ्यकर्मिहरुको भनाई रहेको छ । एउटा टोल वस्तीमा ५ जना सम्म दादुराका विरामी देखापरेमा त्यसलाई महामारीको रुपमा लिने गरिन्छ । सरकारले सन २०२३ सम्मलाई दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको