लण्डन । इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सी घरेलु मैदानमा फुलहमसँग बराबरीमा रोकिएको छ । चेल्सी फुलहमसँग गोलरहित बराबरीमा रोकिएको हो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले इंग्ल्याण्डको कीर्तिमानी मूल्यमा क्लबमा अनुबन्ध गरेको अर्जेन्टिनी युवा मिडफिल्डर एन्जो फर्नान्डेजलाई पहिलो रोजाइमा खेलाए पनि टोलीले सफलता हात पार्न सकेन । २०औँ मिनेटमा थियागो सिल्भाको पासमा काई हाभर्टजको प्रहारलाई फुलहमका गोलरक्षक बर्न लेनोले विफल पार्नुभयो । २५औँ मिनेटमा फुलहमका एन्ड्रिएस पेरेइराको प्रहारलाई चेल्सीका गोलरक्षक किपा एरिजावालागाले विफल पार्नुभयो ।
८०औँ मिनेटमा कोनोर गल्लाघेरको प्रहारलाई टिम रिमले गोललाइनबाट बचाउँदै चेल्सीको अग्रता टारिदिनुभयो । पाहुना टोलीमाथि ६७ प्रतिशत बल पोसेसन राखे पनि फिनिसिङ गर्न नसक्दा खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै चेल्सी २१ खेलबाट ३० अंक जोडेर नवौँ स्थानमा रहेको छ । फुलहम २२ खेलबाट ३२ अंक जोडेर छैटौँ स्थानमा छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको